Logo

कांग्रेसको चर्को नाराबाजीसंगै प्रधानमन्त्रीले पाएनन् संसदलाई सम्बोधन गर्न



Spread the love
३ असार, काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।

कांग्रेसका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेसंगै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक भोलिका लागि स्थगित गरेका छन् ।
बैठक सुरु हुनसाथ कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिएपछि सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गर्न थालेका थिए । 
युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारले संसद्मा पेश गरेको गुठीसम्बन्धी विधेयकसँगै आफ्नो युरोप भ्रमणबारे जानकारी गराउने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्