२ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अघि बढिरहेको छ । तर ,भारतलाई समूह चरणको चार खेल सकिदासम्म दुईजना मुख्य खेलाडी घाइते हुनुले चिन्ता पनि बढेको छ ।भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएका छन् ।
पाकिस्तानविरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदो २ देखि ३ खेल गुमाउने भएका छन् । पाकिस्तानविरुद्ध बलिङ गर्ने क्रममा देब्रे खुट्टा पिचमा चिप्लिएपछि उनलाई चोट लागेको थियो । उनले २ ओभर ४ बल बलिङ गर्दै मैदान छाडेका थिए ।
यसअघि मात्रै भारतीय क्रिकेट टिमको ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रष्ट हुँदै मैदानबाट बाहिरिएका थिए । भुवनेश्वर पनि घाइते प्लेइङ इलाभेनका मुख्य दुई खेलाडी नै मैदान बाहिर हुनुले भारतलाई ठूलो झड्का समेत लागेको छ ।
प्रतिक्रिया दिनुहोस्