काठमाडौं, जेठ ३१ गते ।
आइसेक नेपालको आयोजनामा आज देशभर भएको वर्ल्ड लार्जेस्ट लेसनको फोटो फिचर ।
अज भएको वर्ल्ड लार्जेस्ट लेसनमा ३५ विद्यालयहरूमा एकै साथ १३० स्वयंसेवीहरूले दिगो विकासका लक्ष्यहरू र यिनको महत्त्वको बारेमा ५ देखी १० कक्षा समूहका बालबालिकाहरूलाई सिकाएका थिए ।
संयुक्त रास्ट्रसंघले सन् २०१५ मा दिगो विकासका लक्ष्यहरू निकालेको थियो जुन सन् २०३० सम्ममा पुरा गर्ने लक्ष्य राखेको छ । दिगो विकासका १७ लक्ष्यहरूलाई विद्यार्थीहरू माझ सिकाउने वर्ल्ड लार्जेस्ट लेसनको उद्देश्य रहेको आइसेक नेपालले जानकारी दिएको छ ।
आज काठमाडौँ, भक्तपुर, ललितपुर र लुम्बिनी गरी ३५ विद्यालयहरूमा ३५०० विद्यार्थीहरू वर्ल्ड लार्जेस्ट लेसनबाट लाभान्वित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्