Logo

वर्ल्ड लार्जेस्ट लेसन आज नेपालभर हुँदै



Spread the love

काठमाडौं, जेठ ३१ गते ।

आइसेक नेपालको आयोजनामा आज देशभर वर्ल्ड लार्जेस्ट लेसन हुँदैछ । ३५ विद्यालयहरूमा एकै साथ हुन भइरहेको वर्ल्ड लार्जेस्ट लेसनमा १०० भन्दा बढी स्वयंसेवीहरूले दिगो विकासका लक्ष्यहरू र यिनको महत्त्वको बारेमा ५ देखी १० कक्षा समूहका बालबालिकाहरूलाई सिकाउँदै छन् ।

संयुक्त रास्ट्रसंघले सन् २०१५ मा दिगो विकासका लक्ष्यहरू निकालेको थियो जुन सन् २०३० सम्ममा पुरा गर्ने लक्ष्य छ । दिगो विकासका १७ लक्ष्यहरूलाई विद्यार्थीहरू माझ सिकाउने वर्ल्ड लार्जेस्ट लेसनको उद्देश्य रहेको छ । वर्ल्ड लार्जेस्ट लेसन संसार भर हुने गर्दछ ।

आज काठमाडौँ, भक्तपुर, ललितपुर र लुम्बिनी गरी ३५ विद्यालयहरूमा ३५०० विद्यार्थीहरू वर्ल्ड लार्जेस्ट लेसनबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्