Logo

चीसँग नेपालले राख्यो रेल लिंकमा काठमाडौँ जोड्ने प्रस्ताव



Spread the love

3nepal-china-flag-10052017085948-600x0

चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौँसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको खबर आजको कान्तिपुरमा छापिएको छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ याङलाई यस्तो आग्रह गरेका हुन् ।

स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने, ‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ। ईशका लागि चीनले सहयोग गर्नुपर्यो।

चीनले यसअघि राखेको काठमाडौँसम्म रेलमार्ग ल्याउने र त्यो रेललाई पोखरा र लुम्बिनीसम्म लैजाने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्