२८ जेठ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्दशनको विरुद्ध युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।मंगलबार काठमाडौंको मातइीघरमा जम्मा भएर युवाहरुको एक समूहले लोकसेवाको विज्ञापन रोक्ने निर्देशनको विरोध गरेका हुन् ।
९ हजार बढी कर्मचारी माग गर्दै जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले सोमबार रद्द गर्न निर्देशन दिएको छ । लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्