Logo

सडक कालोपत्रे गर्न माग गर्दै उत्रिए थलीका स्थानीयबासि आन्दोलनमा



Spread the love

२८ जेठ, काठमाडौं ।स्थानीयवासीहरु थली हुँदै साँखुसम्म जोड्ने सडक नबनेसंगै आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि सडक नबन्दा थलीका स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न सुरु भए पनि थलीबाट साँखु जाने सडकखण्ड भने कालोपत्र नभएको हुदा सोही क्षेत्रका स्थानीयले गुनासो पोखेका छन् । हजारौं सवारीसाधन र उपभोक्ताले सडककै कारण दैनिक आवतजावत गर्न निकै दुख कष्ट भोगिरहेका छन् ।

कालोपत्रेको माग गर्दै मंगलवार बिहान थलीका स्थानीयले सडक बन्द गर्दै प्रदर्शनमा उत्रिएका हुन् । कुनै पनि सवारीसाधन चल्न नदिइ स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले सडक निर्माण छिटो गर्नुपर्ने माग राख्दै कान्तिपुर क्याम्पस अगाडि, मिलनचोक र थलीमा सडक अवरोध गरेका थिए ।

सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्