Logo

सिरहामा दलित बालबालिका छात्रवृत्तिबाट वञ्चित



Spread the love

सुभेन्द्र दास लाहान , लहान 

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् । गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त विद्यालयका विद्यार्थीहरुले बताएका छन् ।

छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक शत्रुधन सदाले जानकारी दिनुभयो । गत वर्ष विद्यालयले छात्रवृत्तिबापत प्रतिविद्यार्थी रु ५०० का दरले ८५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो ।

छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकाले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताउनुभयो । नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे पनि अझै प्राप्त नभएकाले वितरणमा ढिलाइ भएको प्रअ यादवको भनाइ छ । यता मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्