२७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट भारतीय क्रिकेटर युवराज सिहंले सन्यास लिने घोषणा गरेका छन् । सोमबार मुम्बईमा पत्रकार सम्मेलन गरी ३७ वर्षीय क्रिकेटर सिहंले आफनो क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले पछिल्लो समय कुनै पनि क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका थिएनन् ।
पत्रकार सम्मेलनमा बोल्दै सिहंले पछिल्लो समय सफलता हात नपरेको र मौका पनि नपाएको बताएका छन् । भारतका लागि उनले ३०४ एकदिवसीय क्रिकेटमा आठ हजार ७०१ रन बनाएका छन् । ५८ ट्वान्टी-ट्वान्टी क्रिकेट खेलेका उनले ११ सय ७७ रन बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्