२७ जेठ, काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल प्रभावित भएको छ ।
टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले ७ .३ ओभरमा २ विकेटको नोक्सानीमा २९ रन जोड्दा बर्षा भएपछि खेल रोकिएको हो । चौथो खेलमा जितविहिन यात्रालाई समाप्त गर्ने लक्ष्य राखे पनि अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध खराब प्रदर्शन गरेको छ ।
ओपनर हासिम अमलालाई पहिलो विकेटका रुपमा ६ रनमा गुमाएको अफ्रिकाले दोस्रो विकेटका रुपमा एडेन मारक्रमलाई ५ रनमा गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस्