Logo

३३ वर्षीय नाडाल एकै ग्रान्डस्लाम १२औं पटक जित्ने पहिलो खेलाडी बन्न सफल



Spread the love

२७ जेठ, काठमाडौं । १२औं पटक दोस्रो वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन च्याम्पियन बन्न सफल भएका छन् । नाडालले फ्रेन्च ओपन च्याम्पियन बन्ने क्रममा चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमलाई ३–१ को सोजो सेटमा पराजित गरेको हो । गत वर्षपनि डोमिनिकलाई नै नाडालले पराजित गर्दै फ्रेन्च ओपन जितेका थिए ।

आइतबार पेरिसमा भएको खेलमा नाडालले पहिलो सेट ६–३ ले आफ्नो पक्षमा पारेको थियो । नाडालले दोस्रो सेट ५–७ ले गुमाएका थिए । तर, त्यसपछिको दुवै सेट नाडालले ६–१ र ६–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।३३ वर्षीय नाडाल एकै ग्रान्डस्लाम १२औं पटक जित्ने पहिलो खेलाडी बने । क्ले कोर्टका बादशाह नाडालको यो समग्रमा १८औं ग्रान्डस्लाम उपाधि हो । अब नाडाल स्वीस रोजर फेडेररभन्दा २ ग्रान्डस्लाम उपाधिबाट टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्