Logo

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै



Spread the love

२६ जेठ, काठमाडौं । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछ । अस्ट्रेलियाले इटलीको सामना गर्दा बाज्रिलले जमैका संग तथा इङ्ल्यान्डले स्कटल्यान्डसँग भिड्ने छ ।

समूह सी को खेलअन्तर्गत आफ्नो पहिलो खेलमा अस्ट्रेलिया इटलीसंग प्रतिस्पर्धा गर्नेछ ।उक्त खेल नेपाली समयअनुसार अपरान्ह ४ः४५ बाट सुरु हुनेछ । त्यस्तै ,अर्को खेलमा स्टेड डेस अल्पेस मैदानमा ब्राजिल र जमैका भिड्ने छन् । खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बाट सुरु हुनेछ ।

यस्तै समूह डी को पहिलो खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड आमने सामने हुन लागेको हो । खेल ११ः४५ बजे हुनेछ । ।

प्रतिक्रिया दिनुहोस्