२६ जेठ, काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार उपाधि प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दैछ । भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
विश्वकपको सर्वाधिक सफल टोलि अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाइनलमा पराजित भएको छ । त्यस्तै ,२ पटकको च्याम्पियन भारत १ पटक फाइनलमा पराजित भएको छ । यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अष्ट्रेलिया वेष्ट इण्डिजविरुद्ध बिहीबार भएको खेलमा पुनरागमनसहितको सानदार प्रदर्शन गर्न सफल भयो । यता भारत पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध सहज जित हासिल गरेपछि अधिक आत्मविश्वासी देखिन्छ ।
स्टिम स्मिथ, डेविड वार्नर, आरोन फिन्च, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क अष्ट्रेलियाका प्रमुख खेलाडी हुन् ।
भारतको लागि रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या र जसप्रित बुमराह भारतका प्रमुख हतियार हुन् ।