Logo

तरकारीको भाउ फेरी बड्यो



Spread the love

२८ असार, काठमाडौं,

बिकास अर्याल 

tarkariiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

एक सातायता काठमाडौंको मुख्य कालीमाटी बजारमा काउली, मुला, भन्टा, बोडी घीउसिमी, तितेकरेला, कोसा भटमास, परवल, चिचिन्डो, घिरौंला, स्कुस, हरियो प्याज र लसुनको मूल्य उच्च दरमा बढेको छ ।

कालीमाटी बजारमा नै हरियो तरकारी छोइनसक्नु भएपछि शहरका विभिन्न भागमा रहेका खुद्रा पसलहरुमा तरकारी किन्ने सर्वसाधारण निकै मारमा परेका छन् ।असार सकिनै लाग्दा बजारमा तरकारीको भाउ उच्च दरमा बढिरहेको छ । विशेष गरी हरियो तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ ।

यसैगरी स्थानीय काउली एक साताअघि खुद्रामा प्रतिकिलो ५५ रुपैयाँ थियो । अहिले काउलीको मूल्य औसतमा ८५ रुपैयाँ पुगेको छ ।

सेतो मुलामा २५ प्रतिशत मूल्य बढेर अहिले खुद्रामा औसत ३५ देखि ४० रुपैयाँ भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

तितेकरेलामा पनि उपभोक्ताले एक सातामै ४५ प्रतिशत मूल्यवृद्धि खेपेका छन् । ४५ रुपैयाँको करेला अहिले ६५ नतिर्ने ग्राहकले जोख्नै पाउँदैनन् । सात दिन अघिसम्म किलोको ३५ रुपैयाँमा पाइने परबल अब ५० रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।

घिरौंलामा ४५ प्रतिशतले मूल्य बढेको छ । घिरौंलालाई अब प्रतिकिलो ६५ देखि ७० रुपैयाँ तिर्नुपर्छ । एकसाता अघि घिरौंला ४५ रुपैयाँमा पाइन्थ्यो ।   रायो, पालुंगो, चम्सुर, तोरीको साग, मेथीको साग र च्याउमा पनि १५ प्रतिशतसम्म मूल्य बढेको छ ।

त्यसैगरी भन्टामा पनि २८ प्रतिशत मूल्य बढेर प्रतिकिलो ४५ रुपैयाँ पुगेको छ । बोडीमा ४५ प्रतिशतसम्म मूल्य बढेको छ । एकसाता अघि प्रतिकिलो ४५ रुपैयाँ रहेको बोडी ६५ देखि ७० रुपैयाँ भएको छ ।घिउसिमी पनि किलोमा १० रुपैयाँ महंगिएर खुद्रामा औसत ७५ रुपैयाँमा उक्लिएको छ । भटमासको कोसा अहिले १ सय २५ रुपैयाँ पर्न थालेको छ । एकसाता अघि भटमासको मूल्य प्रतिकिलो ८५ रुपैयाँ थियो ।

अहिले बजारमा गोलभेडाको मूल्य किलोको एक सय रुपैयाँको हाराहारीमा छ । आलु किलोको ५५ रुपैयाँसम्म पर्छ । गाजर किलोको १ सय २५ रुपैयाँ पुगेको छ भने लौका र पिँडालु ५५ र तामा १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

हरियो लसुन र धनियाँमा पनि प्रतिकिलो ४५ प्रतिशत वृद्धि देखिएको छ । एक साता अघि ४५ रुपैयाँ प्रतिकिलो रहेका यी सागहरु अहिले किलोको हरियो प्याज एकैपटक ५५ प्रतिशत महंगिएको छ ।

एकसाताअघि ७५ रुपैयाँ प्रतिकिलोमा पाइने हरियो प्याज अहिले १ सय १५ रुपैयाँ नाघेको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्