Logo

अफगानिस्तानलाई ठुलो झड्का



Spread the love

२४ जेठ, काठमाडौं । अफगानिस्तानका ओपनर तथा विकेटकिपर मोहमद साहजादले आइसिसी क्रिकेट विश्वकप २०१९ बाट बाहिरिएका छन् । घुँडाको चोटका कारण शाहजादले विश्वकप क्रिकेटका बाँकी सबै खेलहरु गुमाउने भएको छन् ।

साहजाद पाकिस्तानविरुद्धको वार्मअप खेलमा रिटायर्ड हर्ट भएका थिए। यद्पी उनले अस्ट्रेलिया र श्रीलंकाविरुको खेल खेलेका थिए। दुवै खेल गुमाएको अफगानिस्तानका लागि यो ठूलो झड्का हो ।

साहजाद घाइते भएपछि उनको स्थानमा इल्क्राम अली खिललाई बोलाइएको आइसिसीले जनाएको छ।

शनिबार अफगानिस्तानले न्युजिल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्