Logo

अमेरिकी सीमामा आप्रवासी पक्राउ   



Spread the love

२३ जेठ, वासिङ्टन। अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल वयस्क व्यक्ति ३६ हजार ८३८ जना रहेका छन् ।

यो संख्या अप्रिल महिनाको तुलनामा ३४ प्रतिशत बढी हो । अप्रिलमा ९९ हजार ३०४ जना पक्राउ परेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाई गरे पनि त्यो रोकिएको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकाली सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिइरहनुभएको छ । अध्ययनहरुले अधिकाँश आप्रवासीहरु मेक्सिको समेत मध्य–अमेरिकी राष्ट्रबाट आउने गरेको देखिएको छ ।

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकाली सामानमा ५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसक्नु भएको छ ।

अमेरिकी दबाबपछि मेक्सिकाली विदेश मन्त्री मार्सेलो एब्रार्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्स समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गर्नु भएको छ ।

मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरुकै देश फर्काएको जनाएको छ ।
––  रासस

प्रतिक्रिया दिनुहोस्