Logo

टस हारेर पहिले ब्याटिङ थालेको अष्ट्रेलिया धरापमा



Spread the love

२३ जेठ, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार मानिएको अष्ट्रेलियाले आफ्नो दोस्रो खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १० ओभरको सकिदासम्म ४ विकेटको नोक्सानीमा मात्रै ५४ रन बनाएको छ ।

अष्ट्रेलियाका लागि ओपनिङ्ग्मा आएका डेभिड वार्नर ३ तथा अर्का ओपनर एरोन फिंचले ६ रन बनाउँदा उश्मान ख्वाजा १३ र ग्लेन म्याक्स्वेल रन नै नबनाएर आउट भए ।शेल्डन कोट्रेलले दुई विकेट लिएका छन् भने ओशाने थोमस र आन्द्रे रसेलले एक-एक विकेट हात पारे ।

वेस्ट इन्डिजले डरेन ब्राभोको स्थानमा ओपनर इभिन लुईसलाई टोलीमा मौका दिएको छ । अष्ट्रेलियाले भने कुनै खेलाडी परिवर्तन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्