फिल्म: बाहुबली २: द कन्क्लूजन
डायरेक्टर: एस एस राजामौली
स्टार कास्ट: प्रभास , राणा दग्गुबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया , सथ्यराज, राम्या कृष्णन
अवधि: २ घन्टा ४७ मिनेट
सर्टिफिकेट: U/A
कहानी
फिल्म ‘बाहुबली २’को कहानी कटप्पा(सत्यराज) र शिवुडु उर्फ महेन्द्र बाबुबली(प्रभास)को बीच संवादको आदानप्रदानबाट शुरु हुन्छ । जुन बेला फ्ल्यासब्याकमा फिल्मको कथा पुग्छ । जब महारानी शिवगामी(राम्या कृष्णन) बाहुबली(प्रभास)को राज्यभिषेकको घोषणा गर्छिन्, त्यो भन्दा अगाडि नै बाहुबाली र कटप्पा देश भ्रमणमा निस्कन्छन् । यसै बेला बाहुबलीको भेट राजकुमारी देवसेना(अनुष्का सेठ्ठी)सँग हुनछ र परिस्थिति अनुसार देवसेना र महाराज अमरेन्द्र बाहुबली(प्रभास)सँग महिष्मती आउँछ । तर राज्यभिषेक भन्दा पहिला नै सिंहासनमा भल्लालदेव (राणा दग्गुवती)को आँखा परेको हुन्छ । जसका लागि उसले कटप्पाको मद्दतबाट यस्तो काम गर्छ, जसबाट बाहुबलीको हत्या हुन्छ र राज्यमा भल्लालदेवको अधिकार हुन्छ, देवसेनालाई बन्दी बनाउँछ ।जब महेन्द्र बाहुबलीलाई पुरा कहानी थाहा हुन्छ, त्यसपछि ऊ आफ्नो हिसाबबाट एकपटक फेरी महिष्मती राज्यलाई भल्लालदेवबाट स्वतन्त्र गराउने प्रयास गर्छ र अन्त्यमा जीत पनि सत्यकै हुन्छ ।
निर्देशन
फिल्मको निर्देशन, लोकेसन र क्यामरा वर्क कमालको छ । फिल्मका अधिकांश दृश्य हरियो र निलो स्क्रिनमा सुट गरिएको छ । तर फिल्ममा प्रयोग गरिएको भीएफएक्स हेर्नलायक छ । फिल्मको कथा प्रस्तुत गर्ने निर्देशक राजामौलीको शैली रोचक किसिमको छ । फिल्मको पहिलो संस्करणमा यस्तो स्थानमा ल्याएर टुंग्याईएको थियो कि त्यसबाट दर्शकलाई कौतहुलता छाएको थियो कि आखिर कटप्पाले बाहुबलीलाई किन मारे ? यो प्रश्नको जवाफ पर्खने काम करिब दुई वर्ष भयो । जुन कुरा फिल्मको दोस्रो संस्करणमा देखाइएको छ ।
कलाकारको अभिनय
फिल्ममा प्रभास र राणा दग्गुबतीको मेहनत निकै भएको देखाइएको छ । दुबैको बलिष्ठ शरीर र संवाद बोल्ने शैली गज्जबकै छ । जहाँ अनुष्का सेठ्ठी दर्शकलाई सरप्राइज दिन्छिन् । राम्या कृष्णनले आमा र महारानीको भूमिका राम्रो किसिमले निर्वाह गरेकी छन् । तमन्ना भाटिया र सत्यराजको काम निकै सहज छ । बाकी कलाकारले पनि राम्रो अभिनय गरेका छन् । यदि तपाईले बाहुबली १ हेर्नु भएको छ भने त्यसको अपुरो कथालाई पुरा गर्न बाहुबली २ हेर्नै पर्ने हुन्छ ।