२२ जेठ, रौतहट । राजपुर नगरपालिकाको मेयरलाई इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले हातपात गरेका छन् ।रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि मंगलबार राति राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको थियो ।
स्थानीयले मेयरसँग इदमा कार्यक्रम गर्नका लागि चन्दा सहयोग माग गरेका थिए । धार्मिक कार्यक्रमहरुमा नगरपालिकाले पहिले पनि सहयोग गर्ने गरेको तर ,यस पटक इदको अघिल्लो दिनसम्म पनि मेयरले सहयोग नगरेको भन्दै आक्रोशित बनेका स्थानीयहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।
टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको रौतहटका डिएसपीले बताए ।
प्रतिक्रिया दिनुहोस्