२२ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय क्लब त्रिभुवन आर्मीले हालसम्मकै सर्वाधिक उच्च रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको नोक्सानीमा ३ सय ९ रन बनायो। आर्मीले प्रदेश ३ लाई ३ सय १० रनको विशाल लक्ष्य दिएको छ ।
विनोद र राजुले अर्धशतकीय पारी खेल्ने क्रममा ४२ बलको सामना गर्दै विनोदले ७५ रन जोडे । त्यस्तै ८६ बलको सामना गरेको राजुले ५१ रन जोडेका छन् । आर्मीका लागि रोहित कुमार पौडेलले ४३ रन बनाउदा हरि चौहानले ३८, राजेस पुलामी २९, कुशल मल्ल २६ र करण केसीले २१ रनको योगदान दिए ।
प्रदेश तीनका लागि नन्दन यादव र जितेन्द्र ठाकुरले समान दुई–दुई विकेट हात पारे । त्यस्तै, पारस खड्का र सोनु देबकोटाले समान एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्