२२ जेठ, काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा उपाधि दाबेदार मानिएको भारतले आज पहिलो खेलमा दक्षिण अफ्रिकाकाको सामना गर्दैछ । साउथह्याम्पटनस्थित द रोजमा नेपाली समयअनुसार खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । भारत विजयी लक्ष्यका साथ दक्षिण अफ्रिकाकाविरुद्ध मैदान उत्रने छ।
उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि पराजय भोगेको दक्षिण अफ्रिका भारतमाथि जित निकाल्दै विश्वकपमा पहिलो विजय हासिल गर्ने लक्ष्यमा हुनेछ ।
विश्वकपमा पनि भारतविरुद्ध दक्षिण अफ्रिका नै हाबी छ । अहिलेसम्म चारपटक आमनेसामने हुँदा अफ्रिका ३ खेलमा विजयी छ भने भारतले एकखेलमा मात्र जित निकालेको छ ।
विश्वकप क्रिकेटको उदरार्धमा रहेका अफ्रिकाका इमरान ताहिर र भारतका महेन्दसिँह धोनीको प्रदर्शन हेर्नलायक हुने अनुमान गरिएको छ ।
विश्वकप खेल्ने अफ्रिकाको टोली :
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक(विकेटकीपर), जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, बेयूरन हेन्डिक्स, रस्सि भान डर दुसेन ।
भारतको विश्वकप खेल्ने टोली :
विराट कोहली (कप्तान), के एल राहुल, केदार जाधव, कुलदिप यादव, हार्दिक पान्ड्या, रोहित शर्मा(उप कप्तान), विजय शंकर, दिनेश कार्तिक, भुवनेश्वर कुमार, रविन्द्र जडेजा, शिखर धवन, महेन्द्र सिंह धोनी(विकेटकीपर), युजभेन्द्र चाहल, जसप्रित बुमराह, मोहम्मद शामी ।