२२ जेठ, काठमाडौं ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीले पत्रकारको नाक भाँच्नका लागि एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तासमेत रहेका मेयर चौधरीलाई नेकपाकै नेता एवम् सांसद योगेश भट्टराईले आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिस्ठाप्रति सचेत रहन गर्न आग्रह गरेका छन् ।
भट्टराईले केहि दिन यता वहाँले पत्रकार र अन्य कतिपय ब्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिब्यक्ति स्वयम् वहाँले धारण गर्नुभएको सार्वजनिक पद, वहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयम् वहाँको राजनीतिक उचाइका लागि नसुहाउँने बताएका छन्।
मेयर द्वारिकलाल चौधरीले इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिए दिएका थिए। फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएका हुन्। उनले आफूले त्यसको लागि एक करोड रुपैयाँ छुट्याएको बताएका छन्। अडियो रेकर्ड अनुसार चौधरीले अनुपमलाई आफूले नाकको हड्डी भाँच्न घडेरी छुट्याएको बताएका छन्।