Logo

स्वस्थ जीवनशैलीका लागी अपनाउने गर्नुहोस् यी फर्मुला



Spread the love

के तपाईँ चाहनु हुन्छ स्वस्थ रहन ? यदि वास्तवमै चाहनुहुन्छ भने गर्नुहोस् यस्तो क्रियाकलाप जसले गर्दा तपाईँलाई स्वास्थ्य राख्न मदत गर्दछ l

मानसिक स्वास्थ्य
यदि तपाईँ मानसिक रूपमा स्वस्थ हुनु हुन्छ भने मात्रै स्वास्थ्य रहनु सक्नु हुनेछ । उक्त कारण योगा, ध्यान, रमाइलो गर्ने बानी बसाल्नुपर्दछ ।

नियमित स्वास्थ्य परीक्षण गर्ने
हामीले दिनहुँ जसो स्वस्थ परीक्षण गर्ने बानी बसाल्नुपर्दछ । जसले गर्दा स्वस्थ रहन सकिनेछ l

निन्द्रा
हामीले चाहिने मात्रामा निदाउने बानी बसाल्नुपर्छ l किनकि यदि हाम्रो शरीरमा निन्द्राको कमी भएमा शरीर बोधो हुनका साथै कम्जोर भएको पनि महसुस गर्दछौँ l त्यसले स्वास्थ्यमा निन्द्राको पनि पूर्ति हुन् आवश्यक रहेको छ l

पानी
पानी हाम्रो जीवनको एक महत्त्वपूर्ण अङ्ग हो l जसको सेवनले गर्दा हामी जीवित रहने गर्दछौँ l पानीले प्यास मेटाउनका साथ साथै स्वास्थ्यलाई पनि स्वस्थ राख्ने गर्दछ l उक्त कारण हामीले पानी बढी मात्रामा पिउने बानी बसाल्नुपर्दछ l

उचित भोजन
यदि मानिसहरू स्वस्थ रहन चाहन्छन् भने उनीहरूले मसलदार र तेलीय जस्ता खानेकुरालाई त्यागेर सागपात, गेडागुडी जस्ता खानेकुरा खाने गर्नुपर्दछ l

व्यायाम
दिनहुँ बिहानै उठेर व्यायाम गरेमा फ्रेश भएको महसुस हुनका साथै स्वस्थ पनि रहन सकिनेछ l त्यसैले व्यायाम गर्ने बानी बसाल्नुपर्दछ l

सकारात्मक सोच
मानिसले सकारात्मक सोचेमा मात्रै खुसी र स्वस्थ रहन सक्दछन् l त्यसले सबै मानिसहरूमा सकारात्मक सोच हुन् जरुरी रहेको छ l

प्रतिक्रिया दिनुहोस्