के तपाईँ आफ्नो स्मरण शक्ति घटेर चिन्तित हुनु हुन्छ ? र आफ्नो स्मरण शक्तिलाई बढाउन चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अपनाउनुहोस् केही उपाय जसको मदतले गर्दा सोच्न सक्ने क्षमता बढाउनका साथै तपाईँको दिमाग पनि तेज गराउँदछ l
स्मरण शक्ति बढाउन सक्ने यी हुन् घरेलु उपाय :
योग र ध्यान
दिनहुँ मानिसले योग र ध्यानको बानी बसालेमा शरीरलाई फाइदा गर्नका साथसाथै दिमागलाई पनि लाभदायी बनाउँदछ । जसले गर्दा अनेकौँ रोगबाट मुक्ति हुनका साथै स्मरणशक्ति बढाउने गर्दछ l
बदाम
यदि तपाईँ नियमित बदामको सेवन गर्नु हुन्छ भने यसले तपाईँको दिमाग तेज बनाउनका साथै सोच्न सक्ने क्षमता पनि बृदि गराउँदछ l
स्याउ
दिनहुँ स्याउको प्रयोग गर्नाले यसमा भएको पेक्टिन नामक विशेष फाइबरले प्रोटिन बढाउनका साथै स्मरण शक्ति पनि तेज गराउँदछ ।
बेसार
बेसारमा कुरकुमिन नामक रासायनिक तत्व हुन्छ l जसलाई सेवन गर्नाले दिमागलाई तन्दुरुस्त बनाउनका साथै स्मरणशक्ति पनि बढाउन मदत गर्दछ ।
दही
दहीमा पाइने प्रोटिन, कार्बोहाइड्र, खनिज, लवण, क्याल्सियम र फस्फोरसले गर्दा शरीरका हानिकारक जीवाणुलाई नष्ट गरी यसमा भएको अमिनो एसिडले तनाव हटाउनका साथसाथै स्मरण शक्ति बढाउन पनि मदत गर्दछ l