Logo

निर्वाचन सार्ने कुरा चल्यो: एमाले भन्छ- सकिन्छ, आयोग भन्छ-सकिँदैन



Spread the love

nirwachan-aayog

 

पहिलो चरणको चुनावका लागि एक सातामात्रै बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो चरणको निर्वाचनको मिति सार्नुपर्ने अडान राखिरहेको छ ।

विहीबारै एमाले नेताहरुको टोलीले निर्वाचन आयोगमै पुगेर एक सातापछि नै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ । एमालेले बजेट घोषणा भएपछि हुने निर्वाचनमा भाग नलिने भन्दै दोस्रो चरणको निर्वाचनको मिति जेठको पहिलो सातामा सार्न आयोगको ध्यानाकर्षण गराएको हो ।नेकपा एमालेले जेठ १५ अगावै दोस्रो चरणको चुनाव गर्न माग गरे पनि आयोगले चाहिँ जेठको पहिलो साताभित्रै अर्को चरणको निर्वाचन गराउन नसक्ने प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्