Logo

खजुरे सामुदायीक वनमा वृक्षारोपण गरियो ।।



Spread the love

सुन्दर सल्यान न्युज डेस्क

सल्यान रीमको एक सामुदायीक वनले ५ हजार विरुवा रोपेको छ । रीम ५ मा रहेको खजुरे सामुदायीक वन समूहले खण्ड नम्बर १,४ र ५ मा विभिन्न जातका ५ हजार विरुवा रोपेको हो ।

आफ्नो क्षेत्रको हावापानीमा हुर्कन सक्ने रिठा, बुकाइनो, रयंच, काउलो, चिउरी लगाएतका विरुवा रोपिएको वन समुहका सचिब यज्ञ बहादुर बिकले जनाए ।

यी विरुवा जिल्ला वनस्पति कार्यालय र जिल्ला वन कार्यालयले उपलव्ध गराएको हो । खालि रहेको डाँडा पाखामा पनि हराभरा गराउने उद्देश्य अनुरुप हामीले वन र वनस्पति कार्यालयको सहयोगमा विरुवा रोपेका हौँ, सचिव बिकले भने– हामीले रोपेका विरुवाको आर्थीक महत्व पनि त्यति नै छ ।

उनका अनुसार काउलो, टिमुर, चिउरि लगाएतका जडिबुटिजन्य विरुवा हुर्काएर त्यसबाट समूहले आर्थीक लाभ लिने पनि उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्