Logo

अस्पतालमा एसी सिस्टम फेल हुँदा आठ नवजात शिशुको मृत्यु



Spread the love

२० जेठ, इस्लामाबाद । पाकिस्तानको एक अस्पतालमा एयर कण्डिसनिङ सिस्टमले काम नगर्दा आठ नवजात शिशुले ज्यान गुमाएको छ ।

डेपुटी कमिश्नर जमान वट्टले पञ्जाब सरकारको विशेष स्वास्थ्य सेवा एवं मेडिकल शिक्षा विभागलाई लेखेको पत्रमा नवजात शिशुको मृत्यु भएको उल्लेख गरेका छन् ।

साहीवालको जिल्ला मुख्यालय अस्पतालमा बाल चिकित्सा वार्डमा एसी सिस्टम बिग्रिएपछि नवजात शिशुको मृत्यु भएको खबर पाएपछि आफू अस्पताल पुगेको भन्दै उनले पत्रमा भनेका छन्, ‘‘म सिधै वार्डमा पुगे । एसी बिग्रिएको रहेछ । वार्डामा तापक्रम असामान्य थियो ।’’

पञ्जाबका स्वास्थ्य विभागका प्रवक्ताले घटनाको छानविनका लागि समिति गठन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्