२० जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा फ्रान्सले बोलिभियालाई २–० ले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउने क्रममा थोमर लेमार र एन्टोइन ग्रिजमनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको पाँचौ मिनेटमा नै लेमारको गोलबाट फ्रान्सले अग्रता कायम गर्यो ।
ग्रिजमनले ४३औं मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–० ले अघि रह्यो । दोस्रो हाफमा थप गोल हुन नसक्दा विश्व च्याम्पियन फ्रान्स २–० ले विजयी भयो ।
फ्रान्स युरो कप छनोटको तथा बोलिभिया कोपा अमेरिका कपको तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्