Logo

बालुवाटारबाट रिसाएर फर्किए माधव नेपाल



Spread the love

२० जेठ, काठमाडौं । केहि समयता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक अन्तवार्ताले जताततै तरङ्ग पैदा गरिरहेको छ । पार्टी एकता गर्दा सम्झौता भएको पाँच बुँदे सहमतिको चौथो बुँदाको विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिले उत्पन्न तरंगपछि नेकपाका शीर्ष नेताहरुले छुट्टाछुट्टै भेटवार्ता गर्न सुरु गरेका छन् ।

आइतबार यस्तै भेटघाटमा बालुवाटारमा एउटा रोचक घटना घटेको छ । स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि बालुवाटार बोलाएका थिए । आइतबार प्रधानमन्त्री ओलीले माधव नेपाललाई ‘इमरजेन्सी छ तुरुन्त बालुवाटार आउनु’ भन्दै फोन गरे । नेता नेपालले बालुवाटार पुग्छु भनेको समयमा बालुवाटर पनि आइपुगे ।

प्रधानमन्त्रीको पखाईमा नेता नेपाल झन्डै २५ मिनेट बालुवाटारमै बसे । तर, प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेनन् । त्यसपछि नेता नेपाल रिसाएर बालुवाटारबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्