Logo

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन सरकारको ध्यानाकर्षण



Spread the love

२० जेठ, काठमाण्डौ ।
राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न र गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आह्वान गरिएको आरोप लगाएका छन् ।

उनले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गरे। संविधान विपरित विज्ञापन आव्हान गर्नुले सरकारको कुनियत देखिएको दाबी उनले गरे । उनले भने ‘जब यो संविधान सरकारले मान्दैन । जब यो संविधान अनुसार यो सदन परिचालन हुदैन । जब यो संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन । व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाईन्छ समस्याहरु उब्जिन्छ ।’

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद यादवलाई बोल्नका लागि समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्