Logo

यस्ता छन् नुन पानीले नुहाउनका फाइदा



Spread the love

मानिसहरूले आफ्नो स्वादको लागि नुनको प्रयोग गर्ने गर्दछन् l त्यो त सबैमा थाहा भएकै कुरा हो तर के तपाईँलाई थाहा छ ? नुनले स्वादलाई मात्र नभएर स्वास्थ्यलाई पनि उत्तिकै आवश्यक रहन्छ l यदि तपाईँले आफ्नो नुहाउने पानीमा नुन मिसाएर नुहाउनु हुन्छ भने त्यो तपाइको लागि धरै फाइदा जनक साबित रहने गर्दछ l

नुहाउने पानीमा नुन मिसाउनका फाइदाहरू:

थकान र स्ट्रेस कम गर्न
यदि तपाईँ नुहाउने पानीमा नुन मिसाएर स्नान गर्नु हुन्छ भने यसले शारीरिकका साथै मानसिक स्वास्थ्यका लागि पनि लाभदायी रहन्छ । जसले गर्दा थकान मेटाउनका साथै तनाव कम गर्दछ l

निन्द्रा ल्याउन
मानिसले नुनपानीले नुहाउने बानी बसालेमा शरीर चिलाउने समस्या हट्नका साथै, गहिरो निद्रा पनि आउने गर्दछ l

ज्वरो हटाउन
यदि तपाईँ ज्वरो पीडित हुनु हुन्छ भने मनतातो पानीमा नुन मिसाएर नुहाउनुहोस् जसले गर्दा ज्वरो कम भई राहत मिल्ने गर्दछ ।

क्याल्सियमको कमी हटाउन
नुन पानीले नुहौनाले शरीरमा भएको क्याल्सियमको कमी हटाउनका साथै मांसपेशी दुख्ने समस्या कम भई हड्डी, कपाल र नङ बलियो बनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्