१९ जेठ, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेता तयारीमा जुटेका छन् ।
सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा लफडा सुरु भएको छ । पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभाग गठन अझै टुंगो लागेको छैन् । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद देखिएको छ ।
३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो । महŒवपूर्ण एवं जटिल काम टुंगो लागे पनि विभाग, स्थानीय तह, पोलिटब्युरो कमिटी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकस भएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्