१८ जेठ, चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउन्डेशन र स्थानीयबीचको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । सहमति भएसंगै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन सुरु गरिएको हो ।
फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए । स्थानीयबासीले जेठ १५ गते रंगशाला निर्माण स्थलमा लगाएको बार डोजर लगाएर भत्काएका थिए । उक्त घटनामा संलग्न रहेको १७ जना पक्राउ परेका छन् भने फाउन्डेशनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।
रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो ।त्यसपछि फाउन्डेशन र स्थानीयबीच आरोप प्रत्यरोप सुुरु भयो । तर, शुक्रबार राति भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउन्डेशनबीच सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्