१८ जेठ, अफगानिस्तान। अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् ।
स्थानीय एक प्रहरी कार्यालयमा शुक्रबार रातिदेखि शनिबार विहानसम्म तालिबान लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको प्रान्तीय श्रोतले शनिबार जनाएको छ ।
घटनामा परी कैयाँै लडाकू पनि मारिएको र घाइते भएको सुरक्षा अधिकारीले दावी गरेका छन् तर उनीहरुले घाइते र मृतकको संख्या भने बताएका छैनन् ।
तालिबान लडाकूहरुले गत अप्रिलदेखि देशका विभिन्न ठाउँमा आक्रमण गर्दै आएका छन् । आक्रमणका क्रममा सयौँ लडाकू, सुरक्षाकर्मी र सर्वसाधारण मारिएको बताइएको छ ।
––– रासस
प्रतिक्रिया दिनुहोस्