Logo

प्रधानमन्त्री कप : चार खेलमा पराजित हुदै बाहिरियो कर्णाली प्रदेश प्रतियोगिताबाट



Spread the love

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिलेसम्मकै खराब ब्याटिङ गरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ भने प्रदेश १ ले पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८१ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको प्रदेश १ ले ८ विकेटको नोक्सानीमा २ सय २८ रन जोड्यो। प्रदेश १ का लागि सिद्धान्त लोहनीले ६३ रन , फिर्दोस अन्सारीले नटआउट रहदै ४५ रन बटुले भने सनी पुनले ३४ रनको योगदान दिए।

कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवस पुनले समान २–२ विकेट हात पारे ।

२ सय २९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली २०.१ ‌ओभरमा मात्रै ४७ रन बनाउदै अलआउट भयो। निश्चल रावलले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यान रन नै नबनाई नपाइ आउट भए।

बलिङतर्फ प्रदेश १ का पुष्प थापाले सर्वाधिक छ विकेट लिए । त्यस्तै मुकुन्द यादवले तीन तथा कमल खत्रीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्