१७ जेठ, काठमाडौं । नेपालमाथि नाकाबन्दी लगाउदा एस जयशंकर विदेशसचिव रहेका थिए । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको समयमा उनलाई नै विदेश मन्त्री बनाएका छन् ।
मन्त्रिमण्डलमा ५८ सदस्यीय रहदा जयशंकर मात्रै गैर–राजनीतिक पृष्ठभूमिबाट आएका मन्त्री हुन् । उनि लोकसभा निर्वाचन न लडी सिधै विदेश मन्त्री भएका छन् ।
देशलाई विनाशकारी भूकम्पले सिथिल बनाएको अवस्थमा छिमेकीमाथि लगाइएको नाकाबन्दी गलत थियो भनेर भारतमै चौतफी विरोध भएको थियो । जयशंकरकै कठोर नीतिका कारण नेपाल चीनसँग नजिक भएको एकथरी भारतीयको विश्लेषकहरु बताउँछन् ।
जयशंकरलाई साउथ ब्लकको जिम्मेवारी दिनु अर्थपूर्ण रहेको छ । उनकोे नियुक्तिसंगै मोदी सरकारको आगामी विदेश नीति कस्तो मोडतर्फ धकेलिनेछ भन्ने संकेतका रुपमा लिनुपर्ने परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई दोस्रो इनिङमा ‘इगनोर’ गरेर मोदीले एक तीरबाट दुई शिकार गर्न खोजेका छन् ।