१७ जेठ, काठमाडौं । जर्मन प्रशिक्षक योर्गेन क्लोपको आफ्नो टोलीलाई फाइनल पुर्याउने सिलसिला राम्रो छ । तर बिगतलाई हेर्ने हो भने सोचे अनुरुप फाइनलमा सफलता हासिल गर्ने सकेको छैन ।
च्याम्पियन्स लिगको फाइनलमा शनिबार लिभरपुलले टोटेनहम हट्सपरको सामना गर्दा क्लोपसँग लगातार ६ हारको सिलसिला पूर्णविराम लगाउने ठुलो चुनौती हुनेछ । च्याम्पियन्स लिग फाइनलमा हारको ह्याट्रिक नहोस भन्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
क्लोप लिभरपुल आएयता चौथो फाइनल खेल्दैछन् । यो क्लबमा उनको तेस्रो सिजन हो ।
प्रतिक्रिया दिनुहोस्