Logo

पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा



Spread the love

१७ जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिज आमने सामने हुँदैछन । उक्त खेल नेपाली समय अनुसार ३:१५ बाट सुरु हुनेछ ।

विश्वकपको सुरुवाती दुई संस्करणको उपाधि वेस्ट इन्डिजले हात पारेको थियो । पाकिस्तानले सन् १९९२ मा इमरान खानको कप्तानीमा इंग्ल्यान्डलाई २२ रनले पराजित गर्दै विश्वकप जितेको थियो ।

दुवै टोली सुखद सुरुवात गर्न चाहान्छन् । पछिल्लो समय खराव प्रर्दशन गरिरहेको पाकिस्तान सबै प्रर्दशनलाई भुलाउदै विश्वकपमा सानदार सुरुवात गर्न चाहन्छ । त्यस्तै ,वेस्ट इन्डिज आफ्नो वार्मअप खेलको लयलाई कायमै राख्न चाहान्छ ।

वेस्ट इन्डिजको टोली :
जोसन होल्डर(कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शिल्डन कोटरेल, शैनन गेब्रियल, किमर रोच, निकोलस पुरन, एशले नर्श, फबिन एलीन, शिम्ररोन हिटमायर, शाई होप, ओशन थोमस, कार्लोस बर्थवेट, डरेन ब्राभो, इभिन लुईस ।

पाकिस्तानको टोली :
सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर, बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।

प्रतिक्रिया दिनुहोस्