१७ जेठ, काठमाडौ।
मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ । कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।
विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागेअनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्