Logo

किरणले राष्ट्रिय टोली रोज्दा भयो क्लब सम्झौता रद्द



Spread the love

१६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईमा रहेका गोलरक्षक किरण चेम्जोङको माल्दिभ्सको शीर्ष डिभिजन लिग च्याम्पियन ट्रस्ट एन्ड केयर स्पोर्ट्ससँग सम्झौता रद्द भएको छ ।

राष्ट्रिय टोलीबाट हुने मैत्रीपूर्ण खेललाई किरणले प्राथमिकता राखेसंगै क्लबले उनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । यसअघि दुवै पक्षबीच मौखिक सहमति भएपछि किरणले आफ्नो तर्फबाट सम्पूर्ण कागजपत्रमा हस्ताक्षर गरेर क्लबलाई बुझाएका थिए ।

जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग राष्ट्रिय टोलीले खेल्ने कार्यक्रम रहेको छ । फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेलका लागि क्लबले ४८ घण्टाअघि खेलाडीलाई राष्ट्रिय टोलीका लागि उपलब्ध गराउनुपर्ने नियम रहेको छ । किरणलाई राष्ट्रिय टोलीको खेलका लागि क्लबले छाड्न नमिल्ने अडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्