१६ जेठ, काठमाडौं । चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्ण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि रोकिएको छ ।
बुधबार विहान बाटोको माग गर्दै झन्डै २ सय जना स्थानियको समुहले डोजर लगाएर बार भत्काइदिएपछि केहि समयको लागि स्थगित गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । जुन बार मंगलबारमात्रै लगाइएको थियो । बार भत्काएपछि कट्टेल निकै भावुक भएका थिए ।
जारी विज्ञप्तीमा कार्य वातावरण, कर्मचारी, कामदारको जिउ ज्यान र भौतिक सम्पतीको सुरक्षाको विषयमा खतरा बढेको र स्थानिय समाधान र कार्यवाताबरण तयार नहुन सम्म रंगशालाको निर्माण कार्य स्थगित गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्