सल्यान जिल्लाको बिषेश चिनारी मध्यको एउटा “झ्याउरे नाच” पनी हो । ”झ्याउरे नाच” यो छेत्रमा औधी रुचाईन्छ । कसैको घरमा बिहे होस् या पुजा रातभरी झ्याउरे गीतमा दोहोरी गाउदै नाच्ने चलन रहेको छ।तर पछील्लो समय भने यो बिस्तारै लोप हुदै गएको जस्तो पनी देखीन्छ।
नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा माैलिकताकाे रस हराउदै गएको भन्ने चर्चा सर्वत्र चलिरहदाँ एउटा माैलिक झ्याउरे गीत सार्वजनिक भएकाे छ ।
बहुचर्चित लाेक तथा दाेहाेरी गायक कृष्ण रेउले, शक्ति चन्द र गायिका शान्ता बस्नेतको आवाजमा रहेको ‘साइली’ नामक माैलिक झ्याउरे गीत सार्वजनिक भएकाे हाे ।
मंगलबार गायक कृष्ण रेउलेको युटयुब च्यानलमार्फत गीतलाई बजारमा सार्वजनिक गरिएको हो। यस गीतमा स्वर गायक कृष्ण रेउले, शक्ति चन्द र गायिका शान्ता बस्नेतको रहेको छ। भने शब्द कृष्ण रेउले र शक्ति चन्दको रहेको छ।
झलक संगितमले यरेन्ज गरेको यस गीतलाई शंकर बिसिले निर्देशन गरेका छन्। गीतमा गायक/गायिका स्वयम आँफैले अभिनय गरेका छन्।
दुर्गा पौडेलको छायाङ्कन र नवीन घर्ती मगरको सम्पादन रहेको यस गीतलाई गायक रेउलेकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीत जतीकै राम्रो छ त्यतीनै राम्रो भिडीयो पनी रहेको छ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/6W0X4GUhxK4