Logo

कुष्ठरोग लागेका कारण तीस वर्षदेखि जङ्गलमा बास



Spread the love
कुष्ठरोग लागेका कारण गाउँबाट टाढा जङ्गलमा छाप्रो बनाएर ३० वर्षदेखि बस्दै आएका निस्दी– ४ मित्यालका जसवीर सुनारी । तस्वीर : रासस

१५ जेठ, पाल्पा ।
निस्दी गाउँपालिकाकाका एक वृद्ध ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका छन् । निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि झण्डै सात सय मिटर टाढा जङ्गलमा बस्छन् ।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले उनलाई गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करिब ८० वर्ष पुगेका सुनारीले आफू बिरामी भएपछि गाउँलेले आफूलाई हेला गर्ने गरेको गुनासो गरे । ‘पहिले पनि मेरो नजिक आउन र सँगै खाना खान कोही मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए’, सुनारीले गुनासो गर ।

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर घर बोलाए पनि गाउँलेले दुव्र्यवहार गर्ने डरले गाउँ फर्कन नसकेको बताए । सुनारी पहिले आफ्ना भाइसँगै बस्दै आएका थिए । बुढेसकालको शरिर जङ्गलको बास, पानी पर्दा र रातमा जङ्गली जनावर कराउँदा डर सँगै दुःख लाग्ने सुनारीले बताए ।

सुनारी खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका छन् । माइक्रो ब्याक्टेरियम नेप्रेइयमका कारण छालामा लाग्ने कुष्ठरोग लामो समयसम्म छालामा एकार्काबीच छोइराखे मात्र सर्ने रामपुर अस्पतालका मेडिकल अधिकृत रामप्रसाद कोइरालाले बताए ।

कुष्ठरोग लागेर निको हुने भए पनि गाउँमा अझै अन्धविश्वासका कारण कुष्ठरोगीप्रति दुर्व्यवहार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्