Logo

विधान संशोधनको अन्तिम गृहकार्यमा राजपा



Spread the love

१५ जेठ, काठमाडौं।
राष्ट्रिय जनता पार्टी, नेपालमा विधानको संशोधित मस्यौदालाई अन्तिम रूप दिन अध्यक्षमण्डल बैठकमा छलफल सुरु भएको छ । सहअध्यक्ष लक्ष्मणलाल कर्ण नेतृत्वको नौ सदस्यीय समितिले विधान मस्यौदा तयार पारेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

समितिले राजपामा केन्द्रीय समितिदेखि वडा तहसम्म ७ ओटा निकाय रहने गरी मस्यौदा बनाएको छ । केन्द्रीय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा समिति रहने व्यवस्था छ । आउँदो कात्तिक २८–३० मा हुने एकता महाधिवेशन ले विधान पारित गर्नेछ ।

प्रस्तावित विधानमा अध्यक्षमण्डल नराखी एकल नेतृत्वमा लैजाने व्यवस्था छ । केन्द्रीय समिति कार्यकारी हुने मस्यौदामा उल्लेख छ । केन्द्रीय समिति र पदाधिकारी कति सदस्यीय हुने भन्ने अध्यक्षमण्डलले टुंग्याएपछि थपिने मस्यौदा समितिका एक सदस्यले जानकारी दिए । ७ वैशाख ०७४ मा मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपा अहिलेसम्म ६ सदस्यीय अध्यक्षमण्डलबाट चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्