१५ जेठ, काठमाडौं।
जुनीचाँदे गाउँपालिकाका स्थानीयलाई एक कल फोन गर्न टावर खोज्दै तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ।
कुनै पनि फोनका नेटवर्कले काम नगर्ने भएपछि स्थानीय टावर खोज्दै तीन घण्टा हिँडेर डाँडामा पुग्ने गरेका हुन्। मजकोटको नेपाल टेलिकमको टावर एक वर्षदेखि बिग्रिएको छ ।
टावर नहुँदा गाउँपालिकाका ९ वटै वडा सञ्चारबिहीन छन्। फोन गर्नुपर्दा तीन घण्टा पैदल उकालो हिँडेर डाँडामा पुग्ने गरेको मैनापाखाका स्थानीय नरबहादुर बस्नेतले जानकारी दिए। स्थानीय जनप्रतिनिधिसहित सरोकारवाला निकायबीच बारम्बार छलफल भएपनि टावर मर्मत सुरु नभएको अर्का स्थानीय मनरुपा नेपालीले बताइन्।
‘फोनको टावर बिग्रिएको ११ महिना भयो। फोन गर्नु पर्दा रातसाँझ नभनी डाँडामा पुग्नुपर्छ’, उनले भनिन्। निर्वाचनका बेला उच्चस्तरको इन्टरनेट सुविधा पु¥याउने प्रतिबद्धता गरेका जनप्रतिनिधिले एक वर्षदेखि बिग्रेको टावर बनाउन पहल नगरेको उनको गुनासो छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।