Logo

शपथग्रहण समारोहमा सहभागी हुन ओलीलाई मोदीको निम्तो



Spread the love

१४ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली समकक्षी केपी शर्मा ओलीलाई निम्तो पठाएका छन् । मोदीको शपथग्रहण बिहीबार साँझ हुँदै छ ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा उनको पार्टी भाजपाले बहुमत हासिल गरेको छ । भारतीय पक्षले काठमाडौंस्थित भारतीय दूतावासमार्फत ओलीलाई शपथग्रहणमा आमन्त्रण पठाएको स्रोतले जनायो ।

संघीय संसद्मा बुधबार आर्थिक वर्ष २०७६र७७ को वार्षिक बजेट पेस गरिने भएकाले प्रधानमन्त्री ओली शपथग्रहणकै दिन बिहीबार बिहान दिल्ली आउने पनि स्रोतले जनायो । बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर उनी भोलिपल्ट काठमाडौं फर्कनेछन् ।

दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने सम्भावना छ । मोदीको निम्तोका सम्बन्धमा दिल्लीस्थित नेपाली अधिकारीहरूले भने अनभिज्ञता व्यक्त गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्