१३ जेठ ललितपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरू अहिले पनि सक्रिय रहेको बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरू अहिले पनि सक्रिय रहेको बताएका हुन्।
संविधान बमोजिम निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बतााए ।
विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको पनि उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्