बर्ष २०१७ को सर्बाधिक प्रतिक्षित फिल्म ‘बाहुबली २’ को नेपाल प्रदर्शन अधिकार महँगोमा खरिद भएको छ ।
बितरक सुनिल मानन्धरको कम्पनी श्रीराम बालाजीले फिल्मलाई ३ करोडमा नेपाल भित्र्याएको हो । ‘बाहुबली’ को पहिलो भाग १.५ करोडमा नेपाल ल्याइएको थियो भने यसको दोस्रो भाग महँगो मूल्यमा निर्माण भएको र दुई बर्षदेखी दर्शकहरुको प्रतिक्षामा रहेका कारण श्रीराम बालाजीले तीन करोड तिर्दै ‘बाहुबली: द कन्क्लूजन’ नेपाल प्रदर्शन अधिकार पाएको हो ।
यही २८ अप्रिलमा बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई यसयस राजामौलीले निर्देशन गरेका छन । यो फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी लगायतका कलाकारहरु लिड रोलमा छन ।
‘आखिर किन मारे त कटप्पाले बाहुबलीलाई ?’यो प्रश्नको उत्तर फिल्म रिलिज पश्चात थाहा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्