Logo

शान्ति समाजद्वारा विष्फोट घटनाको निन्दा



Spread the love

१३ जेठ काठमाडौ ।
आइतबार उपत्यकाका विभिन्न स्थानमा भएको सिलसिलेबार विष्फोटका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । विष्फोटका कारण चार जनाको ज्यान गएको घटना दुःखद् एवं दुर्भाग्यपूर्ण रहेको समाजले आज जारी गरेको वक्तव्यमा उल्लेख छ ।

घटनाको गहिरो जाँच गरी दोषीमाथि विधिसम्मत कारवाही गर्न समाजका सभापति उत्तम पुडासैनीले आग्रह गरे ।

साथै उक्त विष्फोटनको घटनामा संलग्न नरहेका तर जीवन गुमाउन पुगेका नागरिकको परिवारलाई राहत प्रदान गर्न र घाइतेको उपचारको सम्पूर्ण प्रबन्ध गर्न सरकारलाई अनुरोध गरेको छ ।

शान्ति समाज सदैव हिंसाको विरोधमा र ध्वंसको मार्ग त्यागी रचनात्मक राजनीति गर्न विष्फोटका घटनामा संलग्न पक्षलाई समेत आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्