बलिउड अभिनेत्री दिशा पाटनीले चलचित्र २०१५ मा तेलगु फिल्म ‘लोफर’बाट भारतीय चलचित्रमा पाईला टेकेकी हुन्। उनको अभिनय र सुन्दरतालाई दर्शकले अत्याधिक रुचाएका थिए भने उनी पहिलो चलचित्र बाटै दर्शकको मन मुटुमा बसिसकेकी थिइन् ।
उनी दुई कारणले भारतीय मिडिया र सामाजिक संझालमा चर्चामा आएकी हुन्छिन । कहिले उनको सुन्दरता र कहिले उनको डेट र कहिले त् Boy Friend अभिनेता टाइगर श्राफको बिषयलाई लिएर अहिले उनी चर्चामा छिन् ।
उनी दोस्रो चलचित्र ‘एम.एस धोनी’ (२०१६)मा नायक सुशांत सिंह राजपूतसँग देखिएकी थिईन् भने यस चलचित्रले बक्स अफिसमा तहल्का पिटेको थियो ।
उनले २०१३ मा ‘फेमिना मिस इण्डिया इन्दौर’ मा भाग लिएकी थिइन् । उनी त्यस इन्दौरमा फस्र्ट रनरअप भएकी थिइन् ।त्यसपछि उनले २०१५ मा तेलगु फिल्म ‘लोफर’ मा देखिएकी थिइन् ।
उनी बलिउड चलचित्र ‘कुंग फु योगा'(२०१७) , र चलचित्र ‘बागी को सिक्केल ‘बागी २’ (२०१८) मा अभिनेता टाइगर श्राफसँग लिड रोलमा देखिएकी थिइन् भने चलचित्रले जबर्जस्त कमाई गरेको थियो ।
उनी नयाँ चलचित्र ‘भारत’ मा बलिउडका सुपर स्टार सलमान खानसँग मुख्य भूमिकामा देखिने भएकी छिन् । उनले पहिलो पटक अभिनेता सलमानसँग खेल्ने मौका पाएकी छिन् भने उनको अभिनय हेर्न बाँकीनै छ ।
हेर्नुहोस् फोटोफिचर: